नौ जनाले पुरा गरे मनोसामाजिक मनोविमर्शको ६ महिने तालिम

पोखरा असार २६
हार्ट माइन्ड कन्सल्टेन्सी पोखराले सञ्चालन गरेको ६ महिने मनोसामाजिक मनोविमर्शको तालिम नौ जानाले पुरा गरेका छन् ।
गएको बर्षको पुस १ गतेबाट सञ्चालन भएको तालिम ६ महिना अर्थात ७ सय८० घण्टा पुरा भए पछि बुधवार एक कार्यक्रमको आयोजना गरि संस्थाले प्रमाणपत्र बितरण र अनुभव आदान प्रदान गरि तालिम लिएकाहरुलाई बिदाई गरेको हो ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश स्वास्थ्य तालिम केन्द्रका महानिर्देशक विनोद बिन्दु शर्माले तालिम पश्चात सिकेका कुराहरुलाई ब्यवाहारमा लागु गर्न र समाजमा प्रयोग गर्न आग्रह गरे । उनले गण्डकी प्रदेशका २ जिल्लामा बाहेक सबै जिल्लामा साइक्याट्रिक राखिएको बताउदै हार्ट माइन्ड कन्सल्टेन्सीले सञ्चालन गर्ने तालिम बहुउपयोगि भएको उल्लेख गरे ।
राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका मानव अधिकार अधिकृत खिमलाल सुबेदीले मानव अधिकार र मानसिक स्वास्थय एक अर्काका परिपुरक भएको बताए । तालिम प्राप्त पश्चात समस्यामा रहेकाहरुलाई तालिम लिएकाहरुले मनोविमर्श गरि सहयोग गर्न सक्नेमा उहाँको विश्वास रहेको थियो ।
कन्सल्टेन्सीका निर्देशक सुदिप घिमिरेले गण्डकी प्रदेशमानै पहिलो पटक मनोसामाजिक मनोविमर्शको तालिम सिटिइभिटिबाट सम्बन्ध प्राप्त गरि सञ्चालन गरेको बताए । उनले सुरुवातको चरण निकै चुनौतिपूर्ण रहेको बताउदै स्थानिय तह र प्रदेश सरकार सगँ सहकार्य गरेर आगाडि बढदै जाने उल्लेख गरे ।
कार्यक्रममा गण्डकी प्रदेश स्वास्थय तालिम केन्द्रका जनस्वास्थ्य अधिकृत लालु शर्मा रिमाल, प्रादेशिक स्वास्थय तालिम केन्द्रका आइटि रविन्द्र लामिछाने लगाएतको सहभागिता रहेको थियो भने प्रशिक्षार्थीहरु रुकबहादुर गुरुङ सकुन्ता पाण्डेले ६ महिना अवधिभरिको आफ्नो अनुभव शेयर गरेक थिए ।

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these