विश्व आत्महत्या रोकथाम दिवस (सेप्टेम्बर १०) को अवसरमा आयोजित निबन्ध प्रतियोगितामा “विपत्तिमा आफ्नो मनको हेरचाह: तनावबाट आशातर्फ” शीर्षकअन्तर्गत लोकप्रिय सेकेन्डरी मावि, चामे, मनाङमा कक्षा ६ मा अध्ययनरत छात्र बिबेक थापा क्षेत्री प्रथम भएका छन्। त्यसैगरी, पोखराकी सुस्मिता लिम्बु द्वितीय र काठमाडौंकी मनोविमर्शकर्ता सुकृति देवकोटा तृतीय स्थान हासिल गर्न सफल हुनुभएको छ। प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्नुहुने सम्पूर्ण विजेताहरूलाई हार्दिक बधाई तथा आगामी दिनका लागि शुभकामना! ![]()
![]()
“विपत्तिपछि भौतिक संरचनाको पुनर्निर्माण जति महत्वपूर्ण हुन्छ, त्यति नै भावनात्मक सक्षमता र मानसिक स्वास्थ्यको संरक्षण पनि महत्वपूर्ण हुन्छ। तर विपत्तिपछिको अवस्थामा राज्यको प्राथमिकता नागरिकको पीडा र मानसिक स्वास्थ्यभन्दा भौतिक पुनर्निर्माणतर्फ बढी केन्द्रित भएको देखिन्छ। विपत्तिको समयमा मानिसका आधारभूत आवश्यकता पूरा गर्नु, सुरक्षा सुनिश्चित गर्नु र मनलाई शान्त तथा सुरक्षित महसुस हुने वातावरण निर्माण गर्नु अत्यन्त महत्वपूर्ण हुन्छ। भौतिक संरचना पुनर्निर्माणसँगै प्रभावित व्यक्तिको मन र भावनाको पुनर्स्थापनालाई पनि समान प्राथमिकता दिन आवश्यक छ। भवन र भौतिक संरचना पुनः निर्माण गर्न सकिन्छ, तर विपत्तिले मनमा पारेको भावनात्मक चोटलाई समयमै सम्बोधन गर्न सकिएन भने त्यसको असर लामो समयसम्म रहन सक्छ। यसले व्यक्तिको मानसिक स्वास्थ्य, दैनिक जीवन र उत्पादक जीवनयापनमा समेत गम्भीर प्रभाव पार्न सक्छ।” — सुस्मिता लिम्बु
“Recognizing stress early is an important part of taking care of our mental well-being. During a crisis, it is common to experience feelings of worry, sadness, fear, or uncertainty. Talking to a trusted person can help us feel supported and less alone. Maintaining healthy routines such as getting enough sleep, eating regularly, and drinking enough water can also support our well-being. It is helpful to ask ourselves: “What can I control, and what can I not control?” Focusing on what is within our control can help reduce stress and bring a sense of calm. Above all, hope can be a source of strength and healing, even during difficult times.”-Bibek Thapa Chettri
“During a crisis, people need a safe and supportive space where they can express their feelings without fear of judgment. Active listening with empathy and understanding can make a significant difference. Sometimes, we do not need to have all the answers. Simply saying, “I am here with you. You are not alone in facing this crisis,” can provide comfort, connection, and hope.”-Sukeerti Devkota
